चन्द्रागिरी गोल्डकपमा सेमिफाइनल चरणका खेल सुरु हुँदै

चन्द्रागिरी गोल्डकपमा सेमिफाइनल चरणका खेल सुरु हुँदै

  • बिहिबार, बैशाख १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं वैशाख १९ ।
दोस्रो चन्द्रागिरी गोल्डकप फुटबलमा आजबाट सेमिफाइनल चरणका खेल सुरु हुँदैछन् । गोल्डकपको पहिलो सेमिफाइनलमा आज जावलाखेल र सरस्वती युथ क्लब प्रतिस्पर्धा गर्नेछन् ।

पुरानो नैकापस्थित फुटबल मैदानमा अपरान्ह साढे ३ बजे सेमिफाइनल भिडन्त सुरु हुनेछ । जावलाखेलले त्रिभुवन आर्मीलाई तथा सरस्वतीले दिपशिखा युवा समुहलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेका हुन् ।

आजको विजेताले उपाधिका लागि भोली हुने दोस्रो सेमिफाइनलको विजेतासँग आईतबार प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा भोलि च्यासल युथ क्लब र विभागीय नेपाल एपीएफ प्रतिस्पर्धा गर्नेछन् । ८ टोली सहभागी गोल्डकपको उपाधि विजेताले ६ लाख रुपैयाँ हात पार्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ