काठमाडौं, वैशाख १९ ।
राष्ट्रिय उद्योग वाणिज्य महासंघले खुला मञ्चमाका व्यवसायीलाई उचित क्षतिपुर्ति दिन सरकारसंग माग गरेको छ ।महासंघका महासचिव योगेश बुढाथोकी र अध्यक्ष श्रीकृष्ण बस्नेतद्धारा जारी विज्ञप्तिमा सरकारले डोजर लगाएर क्षति पुरयाईएका सामाग्रीको उचित क्षतिपुर्ति उपलब्ध गराउनु सरकासँग माग गरेको हो ।
सटर हटाउनु पुर्व व्यवसायीलाई कम्तीमा एक पट खबर पनि नगरि निम्न आए भएका व्यवसायको करोडांैको क्षति पुरयाउने कार्य राज्य आतंकको उच्चतम नमुना भएको बताईऐका छ ।
खुलामञ्चमा अनाधिकृत रुपमा रहेका सटरहरु भत्काउदा निम्न आय भएका व्यवसायीहरु ठगिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको बताईएको छ ।
काठमाडांै महगनपालिका केहि आर्थिक चलखेल र प्रलोभनमा परि मञ्चजस्तो ऐतिहासीक स्थानमा कानुन विपरित टहरा निर्माण गरि प्रति सटर १० देखि १५ रुपैयाँ सम्ममा भाडा दिने उतm कार्यको पनि महासंघले घोर आपतिm जनाएको छ ।
साथै सरकारी स्वामित्वमा रहेको जग्गामा सटर निर्माण गर्न दिने महानगरका कर्मचारी,ठेकेदारलाई कानुन बमोजीम कडा कारबाही गर्न माग समेत गरेको छ । यस्तै आगामि दिनमा यस्ता अनाधिकृत गतिबिधिहरु नियन्त्रणको लागि सरकारको ध्यानाकर्षण समेत गरिएको छ ।