प्रेसमाथि सरकारी हस्तक्षेप बन्द गर्न महासंघकाे माग, सरकारले निरंकुशता लाद्न खाेज्याे -विष्ट

प्रेसमाथि सरकारी हस्तक्षेप बन्द गर्न महासंघकाे माग, सरकारले निरंकुशता लाद्न खाेज्याे -विष्ट

  • बुधबार, बैशाख १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, १८ वैशाख । २६ औ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दे नेपाल पत्रकार महासंघले आज राजधानीमा ऐक्यवद्धता र्‍याली निकालेको छ ।

काठमाडौंको बवरमहलबाट निकालिएको ऐक्यवद्धता र्‍याली नयाँबानेश्वर पुगेर काेणसभामा परीणत भएकाे थियाे । र्‍यालीमा पत्रकारहरुले सरकारले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै प्रेसमाथिको दमन बन्द गर्न माग गरेका छन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले प्रेसमाथिको सरकारी हस्तक्षेप बन्द गर्न आह्वान गरे । महासचिव रमेश बिष्टले पछिल्लो समयमा प्रेसमाथि सरकारले निरंकुशता लाद्न खोजेको बताए । उनले प्रेसमाथि सरकारले लाद्न खाेजेकाे निरंकुशताकाे विरुद्ध महासंघले देशब्यापी आन्दोलन गर्ने चेतावनी दिए ।

साेहि अवसरमा हिरासतबाट मंगलवार मात्रै रिहा भएका पत्रकार जीतेन्द्र महर्जनले समेत बाेलेका थिए । पत्रकार महासंघले आजको दिन सात प्रदेश र सबै जिल्लाहरुमा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दे र्‍याली निकालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ