एसीसी यू–१६ छनौट क्रिकेटको उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

एसीसी यू–१६ छनौट क्रिकेटको उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

  • सोमवार, बैशाख १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 16.4K
    SHARES

काठमाडौं, १६ बैशाख । थाइल्याण्डमा सम्पन्न एसीसी यू–१६ एशिया पूर्वी क्षेत्रिय छनौट क्रिकेट प्रतियोगिताको उपाधि जितेकाे नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

थाइल्याण्डको चियाङमाईमा आइतबार मलेसियालाई पराजित गर्दै नेपालले लगातार दोस्रो पटक उपाधि जितेको थियो । नेपाली टोली सोमबार स्वदेश फर्किएको हो ।

फाइनलमा नेपालले मलेसियालाई ५९ रनले पराजित गरेको थियो । नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार बिष्ट, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा लगायतले स्वागत गरेका थिए ।

प्रतियोगितामा नेपाल सत प्रतिशत जित निकाल्न सफल भएको थियो । अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ