बेहुली लिएर फर्किर्दै गरेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

बेहुली लिएर फर्किर्दै गरेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

  • सोमवार, बैशाख १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 17.9K
    SHARES

पाल्पा, १६वैशाख । बेहुली लिएर फर्किर्दै गरेको जिप पाल्पामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा निस्दी ७ का ४५ वर्षीय खड्गबहादुर सोमै, सोही स्थानका ५५ वर्षीय देवीलाल खन्गाह, ४५ वर्षीय लालबहादुर सारु, ५७ वर्षीय सन्तबहादुर सारु र चालक बुद्धिबल सोती रहेका छन् ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक भूपालसिंह रानाका अनुसार भिरपानीमा विवाह सकेर बेहुली लिएर फर्किर्दै गरेको लु १ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै पाँच जनाको मृत्यु भएको हो। पाल्पाको निस्दी गाउँपालिका ७ हुवासबाट जन्ती लिएर जिप भिरपानी पुगेको थियो।

जिप अनियन्त्रित भइ सडकबाट करिब चार सय मिटर तल खसेको प्रहरीको भनाइ छ। जिप अनियन्त्रित भएपछि बेहुला-बेहुली र अन्य जन्तीले भने हाम फालेर ज्यान जोगाएका छन्। दुर्घटनास्थल सदरमुकाम तानसेनबाट करिब ७० किलोमिटर टाढा पर्छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ