दाङ, १५ बैशाख ।
दाङको तुलसीपुरमा यात्रु वाहक बस दुर्घटनामा परेको छ । आइतबार अपरान्ह २ बजे तुलसीपुर ६ हात्तीखौवामा सो बस दुर्घटनामा परेको हो । दुर्घटनामा ४ यात्रु घाइते भएका छन् ।
तुलसीपुरबाट विराटनगर जाँदै गरेको ना ५ ख २२३४ नम्बरको यात्रु वाहक बस दुर्घटनामा परेको हो प्रहरीले जनाएको छ ।
बस हात्तीखौवा सडकदेखि तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्य एकको अवस्था गम्भीर रहेको समेत जनाइएको छ ।
सडक दुर्घटनाको क्रम वृद्धि भइरहेको भन्दै चिन्ता व्यक्त गरिरहेको बेला अर्को बस दुर्घटा भएको छ ।
द्युर्घटनाका कारणबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline