बालुवाटारको जग्गा फिर्ता गर्न युवा संगठनको चेतावनी

बालुवाटारको जग्गा फिर्ता गर्न युवा संगठनको चेतावनी

  • आइतवार, बैशाख १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौं, १५ बैशाख ।

युवा संगठन नेपालले जग्गा दलालले खुलामञ्च र बालुवाटारका जग्गा कब्जा गरेको भन्दै तत्काल फिर्ता गर्न चेतावनी दिएको छ । शुक्रबार युवा संगठनका अध्यक्ष पाटन जंगलीले एक प्रेस विज्ञिप्त जारी गर्दै हडपिएको जग्गा तुरुन्त फिर्ता गरेर जनताको अधिकारको आन्दोलनलाई सहयोग गर्न अपिल गरेका छन् । संगठन ने.क.पा.को युवा संगठन हो ।

अपिल गरेकै दिन काठमाडौं महानगरपालिकाले हिजै डोजर लगाएर खुलामञ्चको बसपार्कभित्र अवैध रुपमा बनाइएका सटरहरु भत्काइदिएको छ । सार्वजनिक जग्गामा भूमाफियाले सटर बनाएर सर्वसाधारणलाई लाखौं रुपैयाँमा बिक्री गर्न थालेपछि निर्मित संरचना सर्वसाधारणको टार्गेटमा परेको थियो ।

त्यसैगरी संगठनले विज्ञप्तिमा बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पारेर घात गरेको भन्दै तत्काल फिर्ता गर्न माग गरेका छन् । सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलका छोराले उक्त जग्गा आफ्नो नाममा गरेका थिए । मागलाई बेवास्ता गरिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी समेत संगठनले दिएको छ ।

स्मरणीय छ, कीर्ते र सेटिङ मिलाएर सरकारी जग्गालाई व्यक्तिले आफ्नो नाममा गरेको र विवादित जग्गालाई ने.क.पा.ले देशैभर झण्डा र व्यानर टाँगेर कब्जा गर्दै सरकारी सम्पत्तिको संरक्षण तथा वास्तविक पीडितलाई साथ दिँदै आएको छ ।
विज्ञप्तिमा सरकारी ओहोदाको जिम्मेवारी पदमा रहँदा करोडौं रुपैयाँ भ्रष्टाचार गरेर डामिएका आन्तरिक राजश्वका तत्कालीन महानिर्देशक चुडामणि शर्मा, नेपाल आयल निगमका महाप्रबन्धक गोपाल खड्कासँगै तत्कालीन सरकारका मान्छेहरु संलग्न रहेको भन्दै प्रधानमन्त्री केपी ओलीको ‘भ्रष्टचार गर्दिनँ’ भन्ने भनाई फोस्रो भएको विज्ञप्तिमा उल्लेख छ ।

बालुवाटारको जग्गा विवादलाई संगठनले ‘विष्णु पौडेल प्रकरण’को संज्ञा दिइएको छ । उक्त प्रकरणमा शासकहरुको मिलेमतो रहेको समेत उल्लेख गरिएको छ । उक्त जग्गा तत्काल फिर्ता नगरे संलग्नहरुमाथि आगामी दिनमा कडा संघर्ष चलाइने चेतवानी अध्यक्ष जंगलीले विज्ञप्तिमार्फत दिएका छन् ।

हेर्नुस् विज्ञप्तिको पूर्ण पाठः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ