अर्घाखाँचीबाट ने.क.पा.का जिल्ला नेतासहित दुईजना गिरफ्तार

अर्घाखाँचीबाट ने.क.पा.का जिल्ला नेतासहित दुईजना गिरफ्तार

  • आइतवार, बैशाख १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं, १५ बैशाख ।

नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)को अर्घाखाँचीका भलामी मालारानीका गाउँपालिकाका ईन्चार्ज र जिल्ला कमिटी सदस्य गरी दुई नेतालाई आज दिउँसो सन्धिखर्कबाट प्रहरीले गिरफ्तार गरेको छ ।

प्राप्त समाचार अनुसार इन्चार्ज बालकृष्ण भलामी र जिल्ला सदस्य शंकर शाहीलाई प्रहरीले गिरफ्तार गरेको हो । मालारानी गाउँपालिका–६, साकिनधारा घर भएका भलामी र भूमिकास्थान नगरपालिका वडा नंं. ३ धारापानीका शंकर शाहीलाई प्रहरीले गिरफ्तार गरेको हो ।

सरकारले पछिल्लो समयमा ने.क.पा.माथि धरपकड र निगरानीलाई तीव्रता दिइरहेको छ । जसको ने.क.पा.ले चर्को विरोध गर्दै आएको छ । नेता भलामी र शाहीलाई बिनाकारण पार्टी काममा शान्तिपूर्वक खटिरहेको बेला गिरफ्तार गरी सरकारले फासीवाद चरित्र प्रदर्शन गरेको भन्दै बिनासर्त रिहा गर्न माग गरेको छ ।

यसबारे भने प्रहरीले अहिलेसम्म औपचारिक रुपमा केही बताएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ