जिल्ला प्रशासन कार्यालय झापाको भ्यानले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

जिल्ला प्रशासन कार्यालय झापाको भ्यानले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

  • शुक्रबार, बैशाख १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडाैं, १३ वैशाख ।

जिल्ला प्रशासन कार्यालय झापाको भ्यानले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ। झापाको कन्काई नगरपालिका १ दुर्गापुरमा बिहीबार राति करिब साढे ८ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ आउँदै गरेको प्रशासनको ६६–१–०४१४ नम्बरको गाडीले विपरित दिशाबाटतर्फ जाँदै गरेका पाँचथर नागी ६ घर भई हाल कन्काई नगरपालिका १ कालीमोडामा डेरा गरी बस्ने ४० वर्षीय उमेश हिङमाङलाई ठक्कर दिएको हो।

ठक्करबाट गम्भीर घाइते भएका हिङमाङलाई उपचारको लागि बिएण्डसी.अस्पताल बिर्तामोड लैजानेक्रममा राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतकको शव सोही अस्पतालमा राखिएको छ भने भ्यान र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ