एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट: नेपाल सेमिफाइनलमा प्रवेश, शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट: नेपाल सेमिफाइनलमा प्रवेश, शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने

  • बिहिबार, बैशाख १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौं, १२ वैशाख  ।

नेपाल थाइल्यान्डमा जारी एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।बिहीबारको आयोजक थाइल्यान्डसँगको खेल वर्षाका कारण अवरुद्ध भए पनि अंकतालिकाको शीर्ष स्थानमा रहँदै नेपालले प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको हो। समूह ‘ए’ मा तीन खेलबाट पाँच अंक बटुल्दै नेपाल समूह विजेता बनेको छ।

नेपालले अब शनिबार हुने सेमिफाइनल खेलमा समूह ‘बी’ को उपविजेता हङकङसँग प्रतिस्पर्धा गर्नेछ। साबिक विजेता नेपालले यसअघि प्रतियोगिताको समूहगत चरणको अघिल्ला दुई खेलमा म्यानमार र मलेसियालाई हराएको थियो। बिहीबार टस जिती पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा सात विकेट गुमाउँदै दुई सय ३४ रन बनाएको थियो।

जवाफमा थाइल्यान्डले १.५ ओभरमा कुनै रन जोड्नुअघि नै एक विकेट गुमाएपछि वर्षा सुरु भएको थियो। त्यसपछि वर्षा नरोकिएका कारण खेल अनिर्णीत बनेको थियो। त्यससँगै थाइल्यान्ड र नेपालले एक-एक अंक बाँडेका थिए। नेपालका लागि तेस्रो क्रमका ब्याट्सम्यान आइस भट्टराईले सर्वाधिक ५८ रनको योगदान गरे। कप्तान विशालविक्रम केसीले ३८ र प्रारम्भिक ब्याट्सम्यान दीपक बोहोराले ३५ रन बनाए।

यसैगरी विशालकुमार पटेल २३ बलमा २८ रन र निखिलकुमार सिंह १२ बलमा २२ रन बनाउँदै अविजित रहे। नेपालका लागि आइसले विशालसँग मिलेर चौथो विकेटका लागि सर्वाधिक ७३ र दीपकसँग मिलेर दोस्रो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए। वर्षाले खेल अवरुद्ध हुनुअघि बलिङतर्फ नेपालका प्रशान्त महतले दोस्रो ओभरमै थाइल्यान्डको विकेट लिएका थिए। थाइल्यान्डकाका लागि भने नरवित नुन्तरचले तीन विकेट लिएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ