धर्म परिवर्तन गराउँदै हिँडेका दुई विदेशी नागरिकसहित ५ जना पक्राउ

धर्म परिवर्तन गराउँदै हिँडेका दुई विदेशी नागरिकसहित ५ जना पक्राउ

  • बिहिबार, बैशाख १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं ।धर्म परिवर्तन गराउँदै हिँडेका दुई विदेशी नागरिकसहित ५ जनालाई पक्राउ परेका छन्।
विभिन्न प्रलोभन देखाएर क्रिश्चियन धर्म प्रचार गरेको अभियोगमा दाङ प्रहरीले अमेरिकी नागरिक सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तव, क्रिश्चियन समाजका महासचिव डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्लेलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये अमेरिकी नागरिकलाई देश निकाला गर्न आग्रहसहित अध्यागमन विभागलाई पत्राचार गरिएको एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।
मंगलवार पक्राउ परेका उनीहरूको साथबाट बा १३ च ३१९६ स्कर्पियो गाडी, एक कार्टुन बाइबल, पैसा राखिएका खाम, दमको उपचारका क्रममा वाफ दिने मेसिन, ल्यापटप, पेनड्राइभ लगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ।उनीहरु एउटा उद्देश्यले नेपाल आउने र नेपालका गाउँगाउँमा छिरेर अर्कै गतिविधि सञ्चालन गर्ने गरेको तथ्य उजागर भएको प्रहरीले बताएको छ।
पक्राउ परेकामध्ये अमेरिकी महिलाबाहेक तीन नेपाली र एक भारतीयलाई मुलुकी अपराध संहिता दफा १५८ को उप दफा २ बमोजिम जवरजस्ती धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाइएको छ। अमेरीकी महिलाको हकमा भने उनको भिसा रद्द गरी सम्बन्धित देशमा फिर्ता पठाउन अध्यागमन कार्यालय काठमाडौंलाई चिठी लेखेको एसपी पाण्डेले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ