डडेलधुरामा यात्रु बस दुर्घटनामा हुँदा ५ जनाको मृत्यु

डडेलधुरामा यात्रु बस दुर्घटनामा हुँदा ५ जनाको मृत्यु

  • बुधबार, बैशाख ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

११ वैशाख, डडेलधुरा । डडेलधुरामा यात्रु बस दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ साहुखर्कमा भएको दुर्घटनामा ५ जनाकाे मृत्यु भएकाे हाे ।

ना ६ ख १८३१ नम्बरको बस बुधबार बिहान पौने ५ बजेतिर दुर्घटना हुँदा ३ पुरुष र दुई महिलाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

धनगढीबाट बझाङ जाँदै गरेको बस सडकबाट करिब १ सय मिटर तल खसेको छ । दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई उपचार गर्न उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ