खोटाङ। साकेला गाउँपालिका–३, खिदिमाका वडाध्यक्ष मणिकुमार राईको मृत्यु भएको छ । गत चैतदेखि बिरामी भएका ३९ वर्षीय वडाध्यक्ष राईको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउनेक्रममा सोमबार साँझ बाटैमा मृत्यु भएको हो ।
सुरुमा रुघाखोकीले थलिएका राईमा विस्तारै विषमज्वरो र निमोनिया भएको स्वास्थ्यकर्मीले बताएका छन् ।
गाउँमा रहेको स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि दिक्तेल ल्याउनेक्रममा सौर्य भन्ने ठाउँमा ल्याइपुर्याउँदा राईको मृत्यु भएको आफन्तले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline