एकाबिहानै काठमाडौं उपत्यकामा दुई पटक भूकम्पको धक्का, धादिङको नौबिसे केन्द्रविन्दु

एकाबिहानै काठमाडौं उपत्यकामा दुई पटक भूकम्पको धक्का, धादिङको नौबिसे केन्द्रविन्दु

  • बुधबार, बैशाख ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

११ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार करिब बिहान ६ः३० बजे धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । भने त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको भूकम्पमापन केन्द्रले जनाएकाे छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ । भूकम्पको धक्काले काठमाडौं हल्लिएको छ । मानिसहरु सडकमा पुगेका छन् । मानिसहरु फेरि आउने डरले सडकमै छन् ।

२०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको थियो । त्यसयता निरन्तर भूकम्पको धक्का महसुस भएको छ । आज गएको भूकम्प गोरखा भूकम्पको पराकम्पन हो या नयाँ भूकम्प भन्नेबारे पनि केही खुलेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ