झापा, वैशाख १० ।
गत फागुन १४ गते इलामबाट गिरफ्तार ५ जना मध्य रिहा हुन बाकीँ नगेन्द्र लिम्बू बाबा ५४ दिन पछि तेर्हथुमबाट रिहा भएका छन ।
उनलाइ विभिन्न जिल्ला घुमाउदै तेर्हथुम पुर्याइ ५ हजार धरौटी माग गरि रिहा गरिएको हो । रिहा पछि उनले आत्मासमर्पण गरेर रिहा भएको भनी सरकारी पक्षले अफवाह फैलाएको भन्दै खण्डन गरेका छन ।
उनले आज झापा जिल्ला पार्टिका सेक्रेटरी सुमनसिंह पौडेलको उपस्थितिमा दमक नगर कमिटिले आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रममा सो हल्लाको खण्डन गर्दै त्यस्ता हल्लाको साहारा लिनु पर्ने अवस्थामा पुगेको दलाल सरकारको व्यवहार देखेर दया लागेर आएको बताए ।
उनले आफू जस्तो सुकै दुख कस्ट सहन र भोग्न तयार रहेको तर जनता र रास्ट्रको मुक्तिक्क निम्ति कहिलै पछि नहट्ने कुरा राखे । कार्यक्रममा झापा सेक्रेटरी सुमनसिंहले बोल्दै दलालहरुका हर्कत र सड्यन्त्रको प्रतिरोध गर्न तयारिलाइ घनिभुत बनाउदै अगाडि बढेको हुनाले सबै तयार रहन भने ।
उनले बोल्दै हामी जो पनि गिरफ्तार पर्न सक्ने हुनाले त्यसको निम्ति समेत मानसिक रुपमा तयार हुनु पर्ने र मुख्यत प्रतिरोधको गर्न अगाडि बढ्न भने । दलाल हरुको पहिचान भैसकेको हुनाले अब उनिहरुलाइ कारबाहि गर्ने सुमनसिंहले बताए ।