दिल्ली क्यापिटल्सद्वारा राजस्थान रोयल्सलाई पराजित

दिल्ली क्यापिटल्सद्वारा राजस्थान रोयल्सलाई पराजित

  • मङ्लबार, बैशाख १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीए) क्रिकेटमा नेपाली खेलाडी सन्दिप लामिछाने रहेको दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

भारतमा जारी खेलमा दिल्लीले राजस्थानलाई ६ विकेटले पराजित गरेको हो । जयपुरस्थित सवाई मानसिंह स्टेडियममा भएको खेलमा राजस्थानले दिएको १९२ रनको लक्ष्य दिल्लीले १९ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्‍यो ।

दिल्लीको जितमा ऋषब पन्त र शिखर धवनले अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका ऋषबले ७८ रनको योगदान दिए । यस्तै धवनले ५४ रन जोड्दा पृथ्वी शा ले ४२ रन बनाए । राजस्थानका लागि श्रेयस गोपालले २ विकेट लिए  ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । राजस्थानका लागि अजिंका रहानेले १०५ रनको शतकीय इनिङ्स खेले  । अविजित रहेका रहानेले ६३ बलमा ११ चौका र ३ छक्का प्रहार गरे  ।

यस्तै कप्तान स्टिभ स्मिथले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा स्टुवार्ड बिनीले १९ रन बनाए । दिल्लीका कागीसो राबडाले २ विकेट लिए । यस्तै इशान शर्मा, क्रिस मोरिस र अक्षर पटेलले १/१ विकेट लिए । जितसँगै दिल्ली लिगको शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले ११ खेलबाट १४ अंक जोडेको छ  ।

दिल्लीले चेन्नईलाई पछि पार्दै शीर्ष स्थान ओगेटेको हो  । एक खेल कम खेलेको चेन्नईको पनि १४ अंक छ  । पराजित राजस्थान पुछारबाट दोस्रो स्थानमा छ  । राजस्थानले १० खेलमा ६ अंक जोडेको छ  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ