अछाम, ९ वैशाख ।
अछाम सदरमुकाम मंगलसेनस्थित मध्यपहाडी लोकमार्गको मंगलसेन–बसपार्क सडक खण्डको बैरागी धारा नजिकको मोडमा बम मा सोमबार बम भेटिएको छ । नियमित कसरतमा निस्किएको नेपाली सेनाको टोलीले बिच सडकमा कागजमा बेरिएको अवस्थामा बम फेला पारेका थियाे । ग्रिनेट आकारको सो बम फेला परेको करिब दुई घण्टा तीस मिनेटपछि डिस्पोज गरिएको छ ।
भवनी बक्स गण मंगलसेनबाट आएको मेजर हरि श्रेष्ठको टोलीले बम डिस्पोज गरेको थियो । सेनानी श्रेष्ठका अनुसार उस्तै आकारको शंकास्पद बस्तु पाँच मिटरको फरकमा दुई ठाउँमा भेटिएका थिए । एक ठाउँमा झुक्याउनका लागि मात्र बोतल बोकेर राखिएको भएपनि अर्को ठाउँमा राखिएको बस्तु भने डिस्पोज गरिएको उनले बताए ।
मंगलसेनका प्रमुख गणपति लोचन कार्कीले भने उक्त बस्तुलाई बम भन्न नमिल्ने बताएका छन् । त्रास फैलाउनका लागि कसैले तार र फलाम प्रयोग गरेर बम जस्तो देखिनेगरी सडकमा राखेको हुनसक्ने उनले बताए ।