आज विश्व पृथ्वी दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदै

आज विश्व पृथ्वी दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदै

  • सोमवार, बैशाख ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 24.2K
    SHARES

काठमाडौं, ९ वैशाख । आज विश्व पृथ्वी दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ । हरेक वर्ष अप्रिल २२ मा पृथ्वीको रक्षाका लागि सचेतना फैलाउने उद्देश्यसहित यो दिवस मनाउने गरिएको छ ।

दिवसको अवसरमा यो वर्षको नारा ‘मातृभूमि पृथ्वी : शिक्षा र जलवायु परिवर्तन’ भन्ने तय गरिएको छ । सन् २००९ मा राष्ट्र संघको ६३ औं महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार अहिले यो दिवस विश्वभर मनाउने गरिन्छ ।

दिवसको अवसरमा पृथ्वीको पर्यावरणीय सुरक्षामा जोड दिने गरिएको छ । अमेरिकाले सन् १९७० अप्रिल २२ मा पहिलोपटक यो दिवस मनाएको थियो ।

सन् १९६९ सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलाद्र्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए ।

तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रुपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ