पत्रकार जितेन्द्र महर्जनलाई तत्काल रिहा गर्न पत्रकार महासंघकाे माग

पत्रकार जितेन्द्र महर्जनलाई तत्काल रिहा गर्न पत्रकार महासंघकाे माग

  • सोमवार, बैशाख ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाण्डौ, ९ वैशाख । 

नेपाल पत्रकार महासंघले सर्वोच्च अदालत परिसरबाटै पक्राउ गरिएका पत्रकार जितेन्द्र महर्जनलाई तत्काल रिहा गर्न माग गरेको छ । सर्वोच्च अदालतले आइतबार महर्जनलाई गैरकानूनी थुनामा राखेको ठहर गर्दै रिहा गर्न आदेश दिए लगत्तै प्रहरीले फेरि अदालत परीसरबाटै पक्राउ गरेको थियो ।

समाचार लेखेकै कारण पत्रकारहरुमाथि विद्युतीय कारोवार ऐन, राज्य विरुद्धको अपराध जस्ता गम्भीर अभियोग लगाउँदै गैरकानूनी गिरफ्तारी गर्ने कामको विरोधमा पत्रकार महासंघले आन्दोलन गरिरहेका बेला सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएका पत्रकारलाई अदालत परिसरबाटै पक्राउ गर्ने कामले लोकतन्त्र, मानवअधिकार, विधिको शाशन र स्वतन्त्र पत्रकारिताकै खिल्ली उडाएको महासंघका महासचिव रमेश विष्टले निकालेको विज्ञप्तिमा भनिएकाे छ ।

घटना संविधान तथा प्रेस स्वतन्त्रता विरोधी भएकाले तत्काल महर्जनलाई रिहा गरि यो काममा संलग्न सबैलाई कारबाही गर्न माग गरेको छ ।  पक्राउ परेका पत्रकार महर्जनको रिहाई र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि महासंघ आन्दोलनका कार्यक्रम तय गर्न केन्द्रीय समितिको आकस्मिक बैठक मंगलबार बोलाइएको महासंघले जनाएको छ ।

यस्तै, टुडेखबर डटकमका सम्पादक तथा एबीसी टेलिभिजनका पत्रकार अनन्त अनुरागलाई राष्ट्रिय जनता पार्टी राजपा नेपालको भातृ संगठन ‘राष्ट्रिय विद्यार्थी संघ’ ले समाचारको विषयमा भौतिक आक्रमण गर्ने आसयको विज्ञप्ति निकालेकोमा नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ ।

पत्रकारलाई समाचारकै विषयमा भौतिक आक्रमण गर्ने चेतावनी लिखित रुपमै दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र आम नागरिकको सूचना पाउने हक कुण्ठित पार्न खोजिएको साथै संचारकर्मीको भौतिक सुरक्षाको प्रत्याभूति हुन नसकेको भन्दै प्रेस युनियनले धम्की दिने आफ्ना विद्यार्थी संगठनका नेतालाई कारवाही गर्न राजपासँग माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ