पत्रकार महासंघद्वारा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र, माग पुरा नभएसम्म आन्दोलन नरोक्नेः विद्युतीय कारोबार ऐनकाे दफा ४७ र ४८ मा के छ ?

पत्रकार महासंघद्वारा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र, माग पुरा नभएसम्म आन्दोलन नरोक्नेः विद्युतीय कारोबार ऐनकाे दफा ४७ र ४८ मा के छ ?

  • बिहिबार, बैशाख ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाडौँ, ५ वैशाख । नेपाल पत्रकार महासंघले विद्युतीय कारोबार ऐनको दफा ४७ खारेज नभएसम्म आफ्नो चरणबद्ध आन्दोलन नरोक्ने भएको छ । आज सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई ज्ञापन पत्र बुझाउँदै पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले चेतावनी दिएका हुन् ।

पोखराका पत्रकार अर्जुन गिरिलाई समाचार लेखेकै आधारमा नेपाल प्रहरीले विद्युतीय कारोबार ऐनको दफा ४७ मा टेकेर मुद्दा चलाएपछि अहिले देशभरका पत्रकारहरु आन्दोलनमा छन् ।

प्रेस काउन्सिलमा दर्ता रहेको ताण्डब न्यूज डटकममा प्रकाशित समाचारलाई विद्युतीय कारोबार ऐनको सो दफाको आधारमा मुद्दा चलाएपछि आन्दोलित पत्रकार महासंघको केन्द्रीय टोलीले पटक पटक यो दफाका कारण पत्रकारहरु समाचार लेखेकै आधारमा प्रहरी हिरासतमा पुग्ने गरेको भन्दै यस दफालाई नै खारेज गर्न माग गरेको हो ।

ज्ञापन पत्र बुझ्दै सञ्चारमन्त्री बाँस्कोटाले अब यसरी पत्रकारहरुलाई विद्युतीय ऐन मार्फत् मुद्दा नचलाईने भन्दै हिरासतमा रहेका गिरिको बारेमा पनि अदालतले बिहीबार नै फैसला गरेपछि बिहीबार नै उनी छुट्ने सम्भावना रहेको बताएका छन् ।

ज्ञापनपत्र बुझाउन गएको पत्रकारको टोलीमा महासंघका महासचिव रमेश विष्टले ज्ञापनपत्र पढेर सुनाएका थिए ।

विद्युतीय कारोबार ऐनकाे दफा ४७ र ४८ मा के छ ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ