पोखरा, ५ वैशाख । समाचार लेखेकै आधारमा पक्राउ परेका ताण्डव साप्ताहिक र ताण्डव न्युजका सम्पादक अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् ।
कास्की प्रहरीको सहायतामा सिआइबीले उनलाई सोमबार पक्राउ गरेर मुद्धा चलाएको थियो । पत्रकार गिरीलाई जिल्ला अदालत काठमाडौंले साधारण तारिखमा रिहा गरेकाे हाे ।
उनी बिहिवार रिहा भएका हुन् । पत्रकार गिरीकाे रिहाइ पत्रकारिता क्षेत्रको जीत भएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । गिरी पक्राउ परेपछि देशभरका पत्रकार आन्दोलनमा थिए । बिहिवार नेपाल पत्रकार महासंघका देशभरका जिल्ला शाखाहरूले जिल्ला प्रशासन कार्यलयमा १ घण्टा धर्ना दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline