बैशाख ५, बुटवल । पार्टीका कार्यकर्ताले बन्दका क्रममा नवलपुरमा एउटा भारतीय ट्रकमा आगजनी भएकाे छ ।
काठमाडौं आउदै गरेकेा आर जे ०२ जिबि २८७० नंबरको ट्रकमा अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ । आगलागिबाट ट्रकको अगाडि भागमा क्षती पुगेको छ । ट्रकमा एसिडसमेत प्रयोग गरिएको थियो ।
समयमै शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेर ट्रकमा लागेको आगो निभाउन सफल भएको थियो ।बन्दकै क्रममा विभिन्न स्थानमा बम तथा विस्फोटक पदार्थ भेटिएको प्रहरीले जनाएको छ ।
यस्तै यता रुपन्देहीको कोटिहवा स्थीत टाईगर प्यालेस होटल जाने बाटोमा, कन्चन गाउपालिका, धकधैइ, लुम्बिनी लगायतका क्षेत्रमा शंकास्पद बस्तु भेटिएको छ ।
विप्लव नेतृत्वको नेकपाले आज आव्हान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । प्रहरीले पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाईको माग गर्दै विप्लव नेतृत्वको नेकपाले आज बन्द आव्हान गरेको हो ।
बन्दको कारण विहानैदेखि सार्वजनिक यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन । बजार पनि ठप्प छ ।
सडकमा फाट्टफुट्ट निजी सवारी साधनहरु चलेका छन भने सर्वसाधारणको आवतजावत पनि अत्यन्त पातलो छ ।
यसैबीच, नवलपुरबाट जिल्ला सदस्य पुरुषोत्तम रेग्मी र पाल्पाबाट किसानका जिल्ला अध्यक्ष टोपराज बस्याललाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।