तिमिल्सिना समाजको ९ औं महाधिवेशनकाे तयारी पुराः वैशाख ७ गते हुने, नयाँ नेतृत्व चयन गरिदै

तिमिल्सिना समाजको ९ औं महाधिवेशनकाे तयारी पुराः वैशाख ७ गते हुने, नयाँ नेतृत्व चयन गरिदै

  • बिहिबार, बैशाख ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 17.5K
    SHARES

काठमाडौं ।
तिमिल्सिना समाज नेपालको ९ औं महाधिवेशनकाे तयारी पुरा भएकाे छ । समाजकाे महाधिवेशन यहि वैशाख ७ गते ललितपुरमा हुनेभएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको प्रमुख आथित्यतामा नेशनल ल कलेजको सभाहल सानेपामा बिहान ८ बजेदेखि महाधिवेशन सुरु हुनेछ ।
अधिवेशनमा देशभरबाट तिमल्सिना बन्धुहरुको उपस्थिती रहनेछ । अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्ने छ ।
अधिवेशनमा समाजको बार्षीक क्याण्डर बिमोचन , नव बर्षको शुभकामना आदनप्रदान , क्यालेन्डर बिमोचन एवं नयाँ कार्यसमितको चयन समेत हुने तिमिल्सिना समाज नेपालका अध्यक्ष डा.रामकृष्ण तिमिल्सिनाले बताए ।
झण्डै ढेड दशक अघि स्थापना भएको उक्त समाजले तिमिल्सिनाहरुको उत्पतिदेखी बर्तमान सम्मको ऐतिहासीक अध्यन अनुसन्धान , वंशावली निर्माण,सँस्कृतिको पहिचान गर्दे एकता , सद्भाव र सहयोगको बिकास गर्ने, बिभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रमा पनि सहयोग गर्दै आएको छ ।
समाजले स्थापनाकालदेखि नै देश बिदेशमा छरिएर रहेका मौद्गल्य गोत्रका तिमिल्सिना , तिमिल्सिेना,तिमसिना , तिमल्सैना ,तिमसिना थर भएका र बिभिन्न परीस्थीतीबाट थर परिवर्तन भएका उपाध्याय , शर्मा ,जैसी , खत्री ,क्षेत्री लेख्ने गरेका सबै बन्धुहरुलाई एकैठाउँमा ल्याउने तथा वंशावली निर्माण कार्यलाई नै जोड दिदैँ आएको छ । वर्तमान डा रामकृष्ण तिमिल्सिनाको नेतृत्वमा रहेको कार्यसमितिले पनि वंशावली निर्माणलाई नै जोड दिएको छ ।

वंशावली निर्माणका लागि देशभरबाट तिमिल्सिना वशंसजको उत्पति विकास र वर्तमान अवस्था लगायत समग्र पक्षको खोज तथा अनुसन्धान र संकलन भईसकेको र यसले अब छिट्टै पुर्णता पाउँने समाजका अध्यक्ष तिमिल्सिनाले बताए । यसअघि नारायण तिम्सिनाको अध्यक्षतामा गठित कार्यसमितिले पनि वंशावली निर्माणको कामलाई प्राथमिकतामा राखेको थियो ।
समाजले कोष नै स्थापना गरेर बंशज भित्रका गरिब तथा जेहन्दार बिद्यार्यीलाई निशुल्क शिक्षा समेत प्रदान गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ