म कविता लेखिराँछु, आऊ गिरफ्तार गर – बलराम तिमल्सिना

म कविता लेखिराँछु, आऊ गिरफ्तार गर – बलराम तिमल्सिना

  • बुधबार, बैशाख ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

सत्य कुरा बोल्नलाई,छैन हामीलाई डर !
म कविता लेखिरा’छु,आऊ गिरफ्तार गर !

न अपेक्षा न आशक्ति,न छ कुनै लेना देना !
तिमीसँग हामीलाई, न छ भय न छ भर !

हामी हाम्रो विवेकको आदेशमा चल्नेहरू
तिम्रो खुनी आदेश त्यो मान्नै पर्छ भन्ने छ र ?

कायरले भजन लेख्छ र कविता शाहसीले !
कविता नै कविहरूको चिता,चिहान या घर !

म शब्दका हतियार थुपार्दै छु तिमीनिरै !
वैरी खोज्न गस्ती गर्दै किन पुग्छौ पर पर ?

म कविता लेखिरा’छु आऊ गिरफ्तार गर !

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी