आईपीएल क्रिकेटः किङ्स इलाभेन पञ्जावद्धारा राजस्थान रोयल्स पराजित

आईपीएल क्रिकेटः किङ्स इलाभेन पञ्जावद्धारा राजस्थान रोयल्स पराजित

  • बुधबार, बैशाख ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

चण्डीगढ, वैशाख ४ । किङ्स इलाभेन पञ्जावले भारतमा जारी इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा राजस्थान रोयल्सलाई पराजित गरेको छ । चण्डीगढस्थित आईएस वृन्दा क्रिकेट मैदानमा गएराति भएको खेलमा पन्जाबले राजस्थानलाई १२ रनले पराजित गरेको हो ।

घरेलु टोली पन्जाबले दिएको १८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर मात्र १७० रन बनाउन सक्यो । राजस्थानका राहुल त्रिपाठीले ५० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै स्टुवार्ड बिनीले अविजित ३१ रन बनाए । सञ्जु सामसनले २७, अन्जिंका रहानेले २६ र जोश बट्लरले २३ रन बनाए । पन्जाबका अर्सदिप सिंह, रविचन्द्र आश्विन र मोहमद सामीले २÷२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो । पन्जाबको लागि लोकेश राहुलले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा डेभिड मिल्लरले ४० रन बनाए ।

यस्तै क्रिस गेलले ३० तथा मायांक अग्रवालले २६ रन बनाए । रविचन्द्र आश्विनले विस्फोटक ब्याटिङ गर्दै चार बलमा १७ रन बनाएर अविजित रहे । राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिएका थिए । प्रतियोगितमा पन्जाबको यो पाँचौं जित हो । चौथो स्थानको पन्जाबले ९ खेलबाट १० अंक जोडेको छ । पराजित राजस्थान ८ खेलबाट ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ