नेपालद्वारा मलेसिया ८ विकेटले पराजित

नेपालद्वारा मलेसिया ८ विकेटले पराजित

  • सोमवार, बैशाख २, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं २ वैशाख । मलेसियामा जारी यू–१९ विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ। बायुमास रंगशालामा भएको खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले १३ ओभरमा २ विकेटको क्षतिमा ९५ रन बनाउँदै जित हात पारेको हो।

पहिले ब्याटिङमा उत्रिएको मलेसियाको यू–१९ टोली ३३.५ ओभमा ९२ बनाउँदा अलआउट भयो।नेपालको जितका लागि रित गौतमले नटआउट ३९ रन बनाए, आशिफ शेखले २६, पजन सर्राफले १६ र रोहितकुमार पौडेलले ६ रनको योगदान गरे।

मलेसियालाई झिनो स्कोरमा समेट्नेक्रममा नेपालका लागि पवन सर्राफ र कुशल मल्लले ३–३ विकेट लिए भने कमलसिं ऐरीले २ र सागर ढकालले एक विकेट लिए।

पहिलो खेलमा सिंगापुरमाथि २१७ रनको जित निकालेको नेपाल दोस्रो खेलमा डीएल नियमका आधारमा यूएईसँग १ रनको हार व्यहोरेको थियो। वर्षाले खेल अवरुद्ध भएपछि नेपाललाई क्षति पुगेको हो । यूएईसँगको हारले विश्वकपमा छनोट हुने नेपालका लक्ष्य भने कठीन भएको छ। यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली मात्रै अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपकोमा छनोट हुनेछ।

अबका खेलमा नेपालले जिते मात्रै पुग्दैन नेपालले यूएईले कम्तिमा एक खेल गुमाउँनु पर्ने छ र त्यसमा नेट रन रेटमा समेत नेपालले उछिन्नु पर्ने छ। यूएई अहिसम्मका तीन खेलमा शतप्रतिशत जित निकाल्दै शीर्ष स्थान छ। आजै भएको कुवेतविरुद्धको खेलमा यूएईले ७ विकेटको जित निकाल्यो।

चौथो खेलमा नेपालले मंगलबार ओमानको सामना गर्दैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ