लुक्लामा विमान र हेलिकोप्टर ठोक्किएर दुर्घटना, दुई जनाको मृत्यु

लुक्लामा विमान र हेलिकोप्टर ठोक्किएर दुर्घटना, दुई जनाको मृत्यु

  • आइतवार, बैशाख १, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, १ वैशाख । सोलुखुम्बुको लुक्ला विमानस्थलमा समीट एयरको जहाज दुर्घटनामा परेको छ । लुक्लाबाट रामेछापको मन्थलीमा कार्गो उडान भर्न लागेको समीट एयरको  ९ एन एमएच कलसाइनको  विमान विमानस्थलमै रहेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किँएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी समीट एयरका  को पाइलट एस ढुंगाना र प्रहरी असई रामबहादुर खड्काको मृत्यु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले पुष्टि गरेका छन् ।  समीट एयरकै अर्का  कोपाइलट आरबी रोकाय गम्भीर घाइते रहेको बताइएको छ ।

विमानको ठक्करबाट मनाङ एयर र श्री एयर  हेलिकोप्टरमा क्षति पुगेको छ । मनाङ एयरका पाइलट टीबी गुरुङ घाइते भएका  छन् ।

दुर्घटनामा घाइते भएकालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । बिहान ९ बजेर ७ मिनेटमा विमान उड्ने क्रममा रनवेमा चिप्लिँदा हेलिकोप्टरमा ठोक्किँदा दुर्घटना भएको हो । विमान र हेलिकोप्टर ठोक्किँदा लागेको आगो भने नियन्त्रणमा लिइएको छ ।

तस्बिरः सामाजिक सन्जालबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ