आइसीसी यु–१९ एकदिवसीय विश्वकप क्रिकेटकाे छनाैट खेलमा नेपाल १ रनले पराजीत

आइसीसी यु–१९ एकदिवसीय विश्वकप क्रिकेटकाे छनाैट खेलमा नेपाल १ रनले पराजीत

  • शनिबार, चैत्र ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, चैत ३० ।

मलेसियामा जारी आइसीसी यु–१९ एकदिवसीय विश्वकप क्रिकेट एसिया छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई) सित डकवर्थ लेविस (डीएल) पद्दतिका आधारमा १ रनले पराजित भएको हो ।

क्वालालम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा वर्षा बाधक बनेपछि नेपालले पराजय व्यहोरेको हो ।

नेपालले दिएको २४८ रनको लक्ष्यसहित युएईले जवाफी ब्याटिङ गरिरहँदा पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि निरन्तर परेको वर्षाले खेल हुने सम्भावना सकिँदा खेलको निर्णय डीएलबाट गरिएको थियो ।

डीएलमा ३० ओभरमा जितका लागि १२२ रनको नयाँ लक्ष्य पाएपछि युएईले १ रनको जित निकालेको हो ।

वर्षाले खेल रोकिनुअघि युएईले ३० ओभरमा ३ विकेट गुमाएर १२२ रन जोडेको थियो ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभरमा अलआउट हुँदै २४७ रन बनाएको थियो ।

नेपालका लागि भीम सार्की र हरि चौहानले अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका हरिले ७४ बलमा ६७ रन बनाए । भीमले ५४ बलमा ५३ रनको योगदान दिए । हरि र भीमले छैटौं विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए  ।

यस्तै, नेपालका लागि ओपनर रित गौतमले ४४ रन जोड्दा आरिफ शेखले २७ रन बनाए । कप्तान रोहितकुमार पौडेल १८ रनमा आउट हुँदा पवन सर्राफले १२ रन जोडे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ