३० चैत, काठमाडौं । सुनसरीको धरानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
धरान उपमहानगरपालिका–८ पानीट्यांकीमा गएराति ११ बजे अनियन्त्रित बा २० च ४०७६ नं. को कार र को १ ख ६७६१ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किदा अन्य ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा कारमा सवार अनील श्रेष्ठ, जनक बुढाथोकी र मदन लिम्बु रहेका छन । इटहरीतर्फ जाँदै गरेको कार ट्याक्टरमा ठोक्किएर अनियन्त्रित हुँदै बसमा ठोक्किँएको थियोे ।
घाइतेको अहिले नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार, घाइतेको अवस्था सुधारोन्मुख छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा कारले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline