कुलमान आएपछि विद्युत प्राधिकरणमा २ अर्ब ८४ करोडभन्दा बढी नाफा

कुलमान आएपछि विद्युत प्राधिकरणमा २ अर्ब ८४ करोडभन्दा बढी नाफा

  • शुक्रबार, चैत्र २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

काठमाडौं, चैत २९ ।

नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्षमा २ अर्ब ८४ करोडभन्दा बढी रुपैयाँ नाफा गरेको छ ।

महालेखापरीक्षक कार्यालयको लेखापरीक्षण प्रतिवेदनअनुसार कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५मा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो ।

गत वर्षको तुलनामा बिक्रीमा खुद नाफा र चालु सम्पत्तिमा दायित्व अनुपात बढेको तथा ऋणको अनुपात, कुल खर्चमा कर्मचारी खर्च अनुपात र वितरण नोक्सान घटेको भन्दै महालेखाले विगतको तुलनामा प्राधिकरणको वित्तीय अवस्था सुधारोन्मुख देखिएको जनाएको हो ।

घिसिङ आफैले आर्थिक वर्ष २०७४/७५मा १ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन हुने प्रक्षेपण गरेकामा महालेखाको परीक्षणमा भने प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ देखिएको हो ।

जगेडा तथा संचित कोषतर्फ भने २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक आव २०७२/७३मा भने यो रकम २६ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक थियो ।

८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेका बेलामा घिसिङ २०७३ भदौमा प्राधिकरणमा कार्यकारी निर्देशक बनेर गएका थिए ।

प्राधिकरणमा आएपछि मुलुकमा लोडसेडिङ अन्त्यका साथै संस्थाको आर्थिक जीवनमा पनि सुधार देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ