आईसीसी यू–१९ विश्वकप छनोट: सिंगापुरलाई २१७ रनले पराजित गर्दै नेपालको विजयी सुरुवात

आईसीसी यू–१९ विश्वकप छनोट: सिंगापुरलाई २१७ रनले पराजित गर्दै नेपालको विजयी सुरुवात

  • शुक्रबार, चैत्र २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

२९ चैत, काठमाडौं ।आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तरर्गत एसिया क्षेत्र छनोटमा नेपालले विजयी सुरुवात गरेको छ ।

आफ्नो पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा शानदार सुरुवात गरेको हो ।

२८३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको सिंगापुरले ३१ ओभरमा सबै विकेट गुमाउँदै ६५ रन मात्रै बनाउन सक्यो । सिंगापुरका लागि कुनै पनि खेलाडीले राम्रो रन बनाउन सकेनन् । दुई खेलाडीले दोहोरो अंकको स्कोर बनाए पनि अन्य खेलाडीले दोहोरो अंक नै बटुल्न सकेनन् । सिंगापुरका इशान सवनीले २८ र साई भेनुगोपालले १८ रन बनाए ।

सिंगापुरलाई सस्तैमा समेट्न नेपालका पवन सर्राफले तीन विकेट लिए । त्यस्तै, सूर्य तामाङ र कुशल मल्लले समान २–२ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ सुरु गरेको नेपालले ४६ ओभरमा सबै विकेटको क्षतिमा २८२ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रन बनाए । उनले शतक बनाउनबाट पाँच रनले चुके । रोहितले १०५ बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए ।

त्यस्तै, नेपालका लागि रसिद खानले ४८ रन बनाए भने पवन सर्राफले ४७ रनको योगदान दिए । कमलसिंह ऐरीले १८ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै ३१ रन बनाए ।

पहिलो विकेट तीन रन हुदा रित गौत्तमलाई गुमाएको नेपालले दोस्रो विकेट १८ रन हुदा आशिफ शेखलाई गुमाएको थियो । योसँगै दबाबमा नेपाल आएको थियो । तर तेस्रो विकेटका लागि सन्दीप जोरा र रोहितकुमार पौडेलले ९० रनको साझेदारी गर्दै उकासेका थिए । त्यस्तै, रोहितले भीम सार्कीसँग मिलेर ३६ रनको साझेदारी गर्दा नेपालको स्कोर १४४ रन पुगेको थियो भने पाँच विकेट पतन भएको थियो । भीम सार्की २६ रनमा आउट भए ।

त्यस्तै, रोहितकुमारले रसिद खानसँग मिलेर ७७ रनको साझेदारी गरे पनि नेपालले सिंगापुरविरुद्ध उच्च स्कोर बनाएको थियो ।

बलिङतर्फ सिंगापुरका अथर्भा गुनले चार विकेट लिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ