काठमाडौं, चैत २८ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहिवार देशभरका स्थानीय तहका कार्यालयअगाडि धर्ना दिएकाे छ । हिन्दुराष्ट्रलगायतका २२ बुँदे मागसहित संघर्षमा उत्रिएको राप्रपाले धर्ना दिएकाे हाे ।
राप्रपाका अध्यक्ष कमल थापाले देशव्यापीरुपमा स्थानीय तहका कार्यालयअगाडि गरेको धर्नाको काठमाडौंमा नेतृत्व गर्दै दमन नभइ वार्ताका लागि सरकारले पहल गर्नुपर्ने बताए । उनले सरकारी दमनबाट कुनैपनि समस्याको समाधान नहुने बताएका छन् ।
अध्यक्ष थापाले राष्ट्रिय अखन्डताका लागि संघर्ष गरेको आफ्नो पार्टीलाई लाठी बर्साउने सरकारविरुद्ध अझ कडारुपले प्रस्तुत् हुने चेतावनी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline