अपर म्याग्दीखोला जलविद्युत आयोजनाका अध्यक्ष पुनको भिरबाट लडेर मृत्यु

अपर म्याग्दीखोला जलविद्युत आयोजनाका अध्यक्ष पुनको भिरबाट लडेर मृत्यु

  • बुधबार, चैत्र २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

बेनी, २७ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मा नाउराको भीरबाट लडेर अपर म्याग्दीखोला जलविद्युत आयोजनाका अध्यक्ष खिवाङका ५० वर्षीय जितबहादुर पुनको मृत्यु भएको छ ।
बगरको तातोपानी कुण्डमा स्नान गरेर घर फर्कने क्रममा नाउराको भीरबाट लडेर मंगलबार मृत्यु भएको हो ।
साघुँरो बाटोमा हिँड्ने क्रममा झुक्किएर भीरबाट खसेको प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले जानकारी दिए ।
बेलायती गोर्खा सैनिकका सेवा निवृत पुन केही वर्षयता गाउँ फर्किएर जलविद्युत आयोजना लगायत बिभिन्न क्षेत्रमा संलग्न रहेर काम गर्दै आएक थिए ।
उक्त स्थानमा वर्षेनी स्थानीयबासी, पर्यटक र मजदुरहरुको मृत्यु हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ