चेन्नाई सुपर किङ्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा

चेन्नाई सुपर किङ्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा

  • बुधबार, चैत्र २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं, २७ चैत । चेन्नाई सुपर किङ्स इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा कोलकाता नाईट राईडर्समाथि ७ विकेटको जित निकाल्दै चेन्नाई १० अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । समान खेलबाट ८ अंक जोडेको कोलकाता दोस्रो स्थानमा छ ।

चेन्नाईमा गएराति कोलकताले दिएको १ सय ९ रनको लक्ष्य घरेलु टोलीले १७ ओभर २ बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।

चेनाईको जितमा फाप डु प्लेसिस र अम्बाती रायडुले उत्कृष्ट साझेदारी गरे । प्लेसिस ४३ रनमा अविजित रहँदा रायडुले २१ रनको योगदान गरे ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रन मात्र बनाउन सक्यो ।

उसका लागि आन्द«े रसेलले ५० रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।

कोलकातालाई सस्तैमा समेट्न चेन्नाईका दीपक चहरले तीन विकेट लिँदा हरभजन सिंह र इमरान ताहिरले दुई–दुई विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ