जाजरकोट, २६ चैत ।
जाजरकोटमा जीप दुघर्टना हुँदा ४ वर्षीय बालक विवेक नेपालीको मृत्यु भएको छ ।
पश्चिम रुकुमको आठविसकोट नगरपालिका ११ का लक्ष्मी नेपालीका छोरा विवेकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जाजरकोट डोल्पा सडकको नलगाड रग्दादेखि दल्लीतर्फ आउँदै गरेको ग १ ज ५८१२ नम्बरको जीप नलगाडको दारिमपाटा भन्ने स्थानमा दुर्घटना हुँदा अन्य ६ जना घाइते भएका छन् ।
मृतक बालकका आमा लक्ष्मी नेपाली घाइते छन्। नलगाड–९ निवासी चालक राजेन्द्र विक र नलगाड(१० का तेजबहादुर विक गम्भीर घाइते छन्। नलगाड(११ दुर्गेस बानियाँ , उनकी श्रीमती खिमा बानियाँ र नलगाड १ का भरत परियार दुघर्टनामा घाइते भएका छन्।
घाईते दुर्गेसको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा उपचार भइरहेको छ भने अन्यलाई थप उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए।