यी हुन् धरान दुर्घटनामा परी मृत्यु भएकाहरू

यी हुन् धरान दुर्घटनामा परी मृत्यु भएकाहरू

  • सोमवार, चैत्र २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

सुनसरी, चैत २५ । धरानको ‘जिरो पोइन्ट’ भन्ने स्थानमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।धनकुटाको बुधबारेबाट धरानतर्फ आउँदै गरेको ना७ख २७१३ नम्बरको यात्रीवहाक बस सोमबार दुर्घटना भएकाे हाे ।

दुर्घटनामा परी मोरङको केराबारी गाउँपालिका–९ की २० वर्षीया यमकुमारी मगर, उनकी पाँचमहिने छोरी डेनी मगर, धरानका बसका चालक चक्रबहादुर गुरुङ र धनकुटा, चौबिसेका ५६ वर्षीय दलबहादुर मगरको मुत्यु भएको धरानका प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

दुर्घटनामा ३८ जना घाइते भएका छन् । उाीहरूकाे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बसमा क्षमताभन्दा बढी यात्री रहेको र बसको ‘ब्रेकफेल’ भएका कारण बस बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ