सर्लाहि,२३ चैत । सर्लाहीको रामनगर गाउँपालिका १ मा शनिवार आएको हावाहुरीले घरको छानो उडाउँदा एक पैदल यात्रुको मृत्यु भएको छ।
हावाहुरीले सडक छेउमा बाँसको टाटी र फुसले छाएको खाजा घरको छानो उडाउँदा पैदल यात्रु स्थानीय ४५ वर्षीय पन्निलाल सहनीलाइ लागेर मृत्यु भएको हो।
छानोको काठले टाउकोमा लागेर गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि मलंगवा ल्याउनेक्रममा बाटोमै मृत्यु भएको जनाइएकाे छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline