छोरीसँग केही प्रश्न !

छोरीसँग केही प्रश्न !

  • शनिबार, चैत्र २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

भन नानी वावालाई भन प्यारी छोरी !
काली हुँदा के बिग्रियो किन बन्ने गोरी ?
प्यारो गर्नु पर्छ आफ्नै जन्जजात छाला !
कि दल्ने पाउडर किन सेतो पार्ने गाला ?
भन नानी……!

किन लाली लगाएर टल्काउँने ओठ ?
तिम्रो सुन्दरताभित्र छ र केही खोट ?
किन छोरी मान्छे मात्रै बन्नु पर्ने राम्री ?
कस्ले सिकाएको यस्तो भन छोरी हाम्री ?
भन नानी…..!

किन चाहियो कम्मरसम्म लर्किएको केस ?
जान्न मात्रै खोजेको हुँ नलागोस है ठेस !
छोरीले नि मान्छे मात्रै बन्नु हुँदैन र ?
चाहिएन श्रृङ्गार भो भन्नु हुदैन र ?
भन नानी ……!

सुन्दरता छाला हो कि चेतना हो छोरी ?
सुन्दरता सुख हो कि वेदना हो छोरी ?
सुन्दरता शक्ति हो कि कमजोरी हो छोरी ?
किन गोरी बन्नै पर्यो भन मेरी छोरी ?
भन नानी …..!

छोरा छोरी संसारमा मान्छे नै हो भने
के बिग्रिन्छ भन छोरी मान्छे मात्रै बने ?
कस्ले भर्यो दिमागमा राम्री बन्ने भुस ?
कुरा बुझ त्यसपछि गर मन खुस !
भन नानी…….!

२०७५|१२|२३
सुवर्ण चोक भक्तपुर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी