काठमाडौं उपत्यकासहित मुलुकभर मेघ गर्जन सहित हावाहुरी र वर्षा, के भन्छन् मौसमविद् ?

काठमाडौं उपत्यकासहित मुलुकभर मेघ गर्जन सहित हावाहुरी र वर्षा, के भन्छन् मौसमविद् ?

  • शनिबार, चैत्र २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

२३ चैत, काठमाडौं ।
काठमाडौं उपत्यका सहित मुलुकका अधिकांश भू–भागमा शनिबार बिहानैदेखि हल्का वर्षा भएको छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौं उपत्यकासहित मुलुकभर मेघ गर्जन र हावाहुरी सहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् विभूति पोखरेलेका अनुसार पश्चिमी र स्थानीय वायु सक्रिय भएका कारणले हावाहुरी सहित वर्षा भएको हो । भोलि सोमबारसम्म देशको अधिकांश स्थानको मौसम प्रभावित हुने मौसमविद् पोखरेलले बताउनुभयो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, काठमाडौंको यो अवस्था दिउँसो केहीबेर सुध्रिएर घाम लाग्ने छ । तर, अन्य स्थानको मौसममा भने तत्काल सुधार आउने सम्भावना छैन ।
मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन हल्कादेखि मध्यम खालको वर्षा भइराख्ने प्रक्षेपण गरेको छ । मौसमविद्का अनुसार, सोमबारसम्म देशका अधिकांश स्थानको मौसम यसैगरी प्रभावित भइरहने योग छ ।
पूर्वमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हावाहुरी र हल्कादेखि मध्यम वर्षा भएको मौसमविदहरुको भनाइ छ । विशेष गरी पश्चिम र पूर्वका केही स्थानहरुमा बदली रहने तथा मध्य स्थानको मौसन भने पूर्णतया बदली रहने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विशेष गरी पश्चिमका केही स्थान र पूर्वका केही स्थानहरुमा बदली रहनेछ । मध्य भू–भागको धेरै स्थानहरुमा मौसम पूर्णतया बदली रहनेछ । यो विस्तारै सर्दै पूर्वमा जानेछ । अन्य स्थानमा सामान्य बदली रहने अवस्था छ ।’ अहिले प्रि मनसुन जारी रहेकाले चट्याङ्, मेघ गर्जन सहित हावा हुरी र वर्षाको सम्भावना रहने उहाँले बताउनुभयो । सो प्रणाली क्रमशः विकसित भई आगामी सोमबारसम्म कायम रहने मौसमविद् पोखरेलले बताउनुभयो ।
यसअघि गत आइतबार बारा र पर्सामा आकस्मिक हावाहुरी चल्दा २७ को मृत्यु भएको थियो भने कैयन घाइते भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ