सुनसरीको चतरामा अर्धमहाकुम्भ मेला सुरु हुँदै, प्रधानमन्त्री नजाने

सुनसरीको चतरामा अर्धमहाकुम्भ मेला सुरु हुँदै, प्रधानमन्त्री नजाने

  • शनिबार, चैत्र २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

२३ चैत, काठमाडौं ।
सुनसरीको चतरामा आजबाट अर्धमहाकुम्भ मेला सुरु हुँदै छ । उक्त मेलाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताईएको थियो तर मौसमको खराबीका कारण प्रधानमन्त्री सहभागी नहुने भएक छन् ।
अर्धमहाकुम्भ मेलाको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने तय भए पनि अन्तिममा आएर स्थगन भएको हो । साथै यसअघि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल पनि उक्त कार्यक्रममा सहभागी हुने तय भएकोमा पोखरेल पनि सहभागी नहुने भएका छन् ।
मौसममा खराबी आएकाले चतरा जाने प्रधानमन्त्रीको निर्धा्रित कार्यक्रम स्थगित भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
अर्धमहाकुम्भ मेलामा आफु उपस्थित नहुने भएपनि प्रधानमन्त्रीले आफ्नो लिखित सम्बोधन पठाएका छन् । प्रधानमन्त्रीले पठाएको लिखित सम्बोधन आयोजकले पढेर सुनाउने संयोजक अधिकारीले जानकारी दिए ।
मेलाको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट उद्घाटन गर्ने तयारी गरेको राईका प्रेस संयोजक ध्रुव सुवेदीले जानकारी दिए ।
चतरामा हुन लागेको अर्धमहाकुम्भ मेलालाई प्रदेश सरकारले पनि महत्त्व दिएको छ । उसले यसअघि नै मेलाका लागि ५० लाख सहयोग गर्ने घोषणा गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ