ओलम्पिक महिला फुटबल छनोटः नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

ओलम्पिक महिला फुटबल छनोटः नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

  • शनिबार, चैत्र २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

काठमाडौं, २३ चैत । ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरणको छनोटमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
म्यानमारमा जारी खेल नेपाली समयअनुसार साझ सवा ५ बजे सुरु हुने छ । पहिलो खेलमा घरेलु टोलीसँग पराजित नेपालले दोस्रो खेलमा दक्षिण एसियाली प्रतिद्वन्द्वी भारतसँग खेल्न लागेको हो ।
भारतविरुद्ध मैदान उत्रँदा नेपाल पहिलो अंकको खोजीमा रहने छ । बुधबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ३–१ गोलअन्तरले पराजित भएको थियो ।
त्यसैले नेपाल दोस्रो चरणमा पुग्न भारतसँग अंक जोड्न चाहन्छ । नेपाल भारतसँग पाँचौ महिला साफको फाइनलमा व्यहोरेको हारको बदला लिने तयारीका साथ मैदानमा उत्रँदै छ ।
दुई साताअघि घरेलु मैदानमै सम्पन्न साफको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । भारत भने लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
पहिलो खेलमा भारतले इन्डोनेसियालाई हराएको थियो । भारतपछि नेपालले प्रतियोगिताको अन्तिम खेलमा २६ गते इन्डोनेसियासँग खेल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ