घरभित्र झुडिएको अवस्थामा आमा र छोराछोरीको शव फेला, अनुसन्धान जारी

घरभित्र झुडिएको अवस्थामा आमा र छोराछोरीको शव फेला, अनुसन्धान जारी

  • शुक्रबार, चैत्र २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

चितवन, २२ चैत ।
चितवनको भरतपुर महानगरपालिका–१८ मा आमा र छोरा छोरी तीनै जनाको शव घर भित्रै झुण्डिएको अवस्थामा फेला परेको छ ।
३५ वर्षिया माया मगर, उनकी १५ वर्षिया छोरी विनिता र १३ वर्षिय छोरा विवशको शव भरतपुरको शशीनगरस्थित घर भित्रै झुण्डिएको अवस्थामा फेला परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । प्रहरीलाई बिहान स्थानीयले घटनाबारे जानकारी गराएका थिए ।
सेनाका जागिरे श्रीमान विदामा घर आएका समय परिवारका तीन जनाले आत्महत्या गरेको डिएसपी रेग्मीको भनाई छ । बिदामा आएर श्रीमान आफन्तकोमा गएका बेला यस्तो घटना भएको प्रहरीले जनाएको छ । घटनाको अवस्था हेर्दा आत्महत्या नै गरेको देखिने भएपनि अनुसन्धान भैरहेको डिएसपी रेग्मीले बताउनुभयो ।
ढोकाको आग्लो लगाएकै अवस्थामा बाहिरबाट भित्र जाने अन्य बाटो नदेखिएको प्रहरीले उल्लेख गरेको छ । थप विवरणहरु केलाउँदै अनुसन्धानकै क्रममा रहेको’ डिएसपी रेग्मीको भनाई छ । घटनास्थल भरतपुरदेखि झण्डै १० किलो मिटर पश्चिममा पर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ