काठमाडौँको लाजिम्पाटमा आगलागीः एकजनाको मृत्यु, चार घाइते

काठमाडौँको लाजिम्पाटमा आगलागीः एकजनाको मृत्यु, चार घाइते

  • शुक्रबार, चैत्र २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES
सांकेतिक तस्बिर ।

काठमाडौँ, २२ चैत । काठमाडौँको लाजिम्पाटमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। बिहीबार राति भएकाे आगलागीमा घाइते भएकामध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

लाजिम्पाटस्थित चैतन्यमार्गमा रहेको धर्म महर्जनको घरमा आगो लागेपछि सोही घरमा भाडामा बस्ने भेषबहादुर थापाको मृत्यु भएको महानगरीय प्रहरी परिषद् टेकुका प्रवक्ता होबिन्द्र बोगटीले बताए। थापा राजधानीस्थित शंकर होटलमा सेक्युरेटी गार्डको काम गर्दै आएका थिए।

गम्भीर घाइते हुनेमा बर्दिया राजापुरका विवेक शाही र उनकी श्रीमती गंगा शाही रहेका छन्। विवेकको मुख जलेको र गंगाको अनुहारलगायत शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ। घाइते चन्द्रमाया राई र बिना बस्नेत अस्पतालबाट डिस्चार्ज भएका प्रहरीले जानकारी दिए।

माटोको घरमा बिजुली सर्ट भएर लागेको प्रहरी प्रवक्ता बोगटीले बताए । राति १२ बजे लागेको आगो १ बजे नियन्त्रणमा आएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ