आइपीएल क्रिकेटमा सन्दीप लामिछाने रहेको टोलीको तेस्रो हार, दिल्ली क्यापिटल्स पुनः पराजित

आइपीएल क्रिकेटमा सन्दीप लामिछाने रहेको टोलीको तेस्रो हार, दिल्ली क्यापिटल्स पुनः पराजित

  • शुक्रबार, चैत्र २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाडौं, चैत २२ । इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्स पुनः पराजित भएको छ । शुक्रबार राति भएको खेलमा दिल्लीलाई सनराइजर्स हैदरावादले ५ विकेटले हराएको हो । दिल्ली नेपाली खेलाडी सन्दीप लामिछाने रहेको टोली हो ।
फिरोज कोट्ला रंगशालामा घरेलु टोली दिल्लीले दिएको १३० रनको सामान्य लक्ष्य हैदरावादले १८ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा र्गयो ।
उसका लागि जोनी बेयरस्टोले आक्रामक ब्याटिङ गर्दै सर्वा्धिक ४८ रन बनाए ।
दिल्लीका सन्दीप लामिछानेले एक विकेट लिए । जारी आइपीएल क्रिकेटमा सन्दीपको यो लगातार तेस्रो खेल थियो । उनले हैदरावादविरुद्ध ४ ओभर बलिङ गर्दै ३२ रन खर्चिएर एक विकेट लिएका हुन् ।
हैदरावादविरुद्धको विकेटसँगै सन्दीपले यो सिजनको ३ खेलमा ४ विकेट हात पार्न सफल भएका छन् ।
यसअघि, टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १२९ रनमात्रै बनाएको थियो ।दिल्लीका कप्तान श्रेयस एयरले सर्वा्धिक ४३ रन जोडेका थिए ।
जितसँगै हैदरावाद चार खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
दिल्लीको भने समग्रमा यो तेस्रो हार हो । पाँच खेलमा दुई जित निकाल्दै ४ अंक जोडेको दिल्ली पाँचौं स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ