नियमित स्वास्थ्य परीक्षण गर्न गएका ललितपुर वन प्रमुखकाे अस्पतालमै आकस्मिक निधन

नियमित स्वास्थ्य परीक्षण गर्न गएका ललितपुर वन प्रमुखकाे अस्पतालमै आकस्मिक निधन

  • बिहिबार, चैत्र २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

ललितपुर, २१ चैत । नियमित स्वास्थ्य परीक्षणका लागि ललितपुरको मेडिसिटी अस्पताल पुग्नु भएका डिभिजनल वन कार्यालय ललितपुरका वन अधिकृत अचलकुमार ढुंगानाको निधन भएको छ । उहाँको अस्पतालभित्रै आकस्मिक निधन भएको हो ।

जटिल स्वास्थ्य समस्या केही नभएपनि विहीवार केही असहज महसुस गरेपछि आफ्नै कार्यालयका सवारी चालक राजेश पुरीलाई साथ लिएर उहाँ अस्पताल पुग्नु भएको थियो । अपरान्ह सवा ४ बजे ढुंगानाको आकस्मिक निधन भएको उहाँका सवारी चालक राजेश पुरीले जानकारी दिनुभयो ।

शुक्रवारका लागि उहाँले डाक्टरको समय िलए पनि असहज भएपछि बिहिवार नै अस्पताल पुग्नुभएकाे थियाे । नेपाल रेन्जर संघका पूर्व अध्यक्ष समेत रहनु भएका स्वर्गिय ढुंगाना विगत ६ महिनादेखि ललितपुर वन प्रमुख हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ