प्रश्नपत्र बाहिरिएपछि स्थगित प्रदेश नम्बर–२ मा भाेलीदेखि सुरू हुँदै

प्रश्नपत्र बाहिरिएपछि स्थगित प्रदेश नम्बर–२ मा भाेलीदेखि सुरू हुँदै

  • बिहिबार, चैत्र २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, चैत २१ । परीक्षाअगावै प्रश्नपत्र बाहिरिएपछि स्थगित गरिएको एसइई परीक्षा प्रदेश नम्बर–२ मा शुक्रबार देखि पुनः सुरू हुने भएको छ ।परीक्षाका लागि सरकारले सुरक्षा व्यवस्थासमेत कडा बनाएको छ ।

अंग्रेजी, गणित र नेपाली विषयको परीक्षा भइसकेपछि त्यसपछिका विषयको प्रश्नपत्र बाहिरिएपछि रोकिएको परीक्षा शुक्रबारदेखि पुनः सन्चालन गर्न लागिएको हो ।

प्रश्नपत्रहरु थप सुरक्षाका साथ सिलबन्दी गरेर सम्बन्धित केन्द्रहरुमा पठाइएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरका परीक्षा नियन्त्रक विष्णु अधिकारीले जानकारी दिए । प्रदेश–२ का ७० हजार ५६८ परीक्षार्थी परीक्षामा सामेल हुनेछन् ।

उता,  बारा र पर्साका हावाहुरीबाट प्रभावित क्षेत्रमा एसइई परीक्षा दिनेहरु नै नभएकाले परीक्षा सन्चालन गर्न कुनै समस्या नहुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यही चैत १० गतेदेखि सुरु भएको एसइईको परीक्षामा तीनओटा विषयको परीक्षा सकिएपछि बाँकी विषयको प्रश्नपत्र बाहिरिएको थियो ।

त्यसबारेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र राष्ट्रिय परीक्षा बोर्डले अनुसन्धान गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ