२० चैत, काठमाडौं । प्रहरीकै संलग्नतामा प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको प्रश्नपत्र बाहिरिएकाे आशंका गरिएकाे छ ।
विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।
स्रोतका अनुसार १४ र १५ चैतमा भएको विज्ञान र सामाजिक विषयको प्रश्न–पत्र प्रहरीकै संलग्नतामा किनबेच भएको निष्कर्षसहित अनुसन्धान अन्तिम चरणमा पुगेको हो ।
हाल घटनाको अनुसन्धानमा ब्युराका एक प्रहरी नायब उपरीक्षक (डीएसपी) नेतृत्वको टोली खटिएको छ भने परीक्षा नियन्त्रण कार्यालयले पनि परीक्षा बोर्डकी सदस्य प्राध्यापक अमुदा श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline