बुटवल ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ बनकट्टा ब्रह्मा चोक निवासी अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का महासचिव लोकराज भुषाल र नेपाल शैक्षिक परामर्स संघका प्रथम सचिव दिपक राज भुषालकी आमा स्व.टुमकला भुषालको १२ दिनको पुन्यतिथिमा राष्ट्रिय जनमोर्चा जिल्ला कार्यसमिति र परिवारको संयुक्त आयोजनामा श्रद्धाञ्जली सभा गरिएको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासविच जनकराज शर्मा, सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले मृतकआत्मको चिरशान्तीको कामना व्यक्त गर्दै स्वर्गीय टुमकला भुषालको योगदान समाजमा उच्च रहेको धारणा राखेका थिए ।
कार्यक्रममा परिवारको तर्फबाट सैनामैना नगरपालिका वडा नम्बर १ मा रहेको सैनामैना माविमा जेहेन्दार विद्यार्थीहरुको लागि ‘चुडामणी–टुमकला भुषाल स्मृती छात्रवृत्ती कोष’ स्वरुप १ लाख ५१ हजार रुपैयाँको अक्षयकोष समेत स्थापना गरेका छन् । टुमकला भुषालका जेष्ठ सुपुत्र लोकराज भुषालले विद्यालयकाअध्यक्ष शिब बस्याललाई उक्त रकमप्रदान गरेकाहुन ।
हजुर बुबातारा प्रसादभुषाल र हजुर आमा रुपाभुषालको नाममा वहाँका तीन जनानातीहरु लोकराज भुषाल, मान प्रसाद भुषाल, टोपलाल भुषालले अर्घाखाँची मालारानी–५ बाँगीको सिद्ध माविका प्रधानाध्यापक दिनेश केसीलाई १ लाख ५१ हजार रुपैयाँको ‘तारा प्रसादभुषाल र रुपा भुषाल छात्रवृत्ती अक्षयकोष ’वापत प्रदान गरेका छन् ।
श्रद्धाञ्जली सभामा बामपन्थी नेता कृष्णराजपौडेल, देशभक्त गणतान्त्रीक मोर्चाका प्रेम सुवेदी, अखिल नेपाल ट्रेड युनियन महासंघ(अन्टुक)का केन्द्रीयअध्यक्षनारायण सापकोटा, किसान संघका उपाध्यक्षचन्द्र बहादुर केसी, सैनामैनाप्राकृतिकचिकित्सालयकाअध्यक्ष राम प्रसाद भट्टराई, महीला नेत्री सरस्वती शर्मा, बाँगी सम्पर्क समाज रुपन्देही तथा भुषाल समाजका अध्यक्ष दिनेश भुषाललगायतले श्रद्धाञ्जली प्रकट गरेकाथिए । कार्यक्रममा स्व. टुमकला भुषालका जेष्ठ सुपुत्रलोकराजभुषाल ले बोल्दै सहभागीताको लागि सबैलाई आभार व्यक्त गरेकाथिए ।