आईपीएल क्रिकेटमा: राजस्थान रोयल्सले पहिलो जित

आईपीएल क्रिकेटमा: राजस्थान रोयल्सले पहिलो जित

  • बुधबार, चैत्र २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौं, २० चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ ।
भारतमा गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले पराजित गर्दै राजस्थानले पहिलो जित निकालेको हो ।
जयपुरमा बैंगलोरले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले १९ ओभर ५ बलमा ३ विकेट गुमाएर पुरा र्गयो ।
उसको जितमा जोस बट्लरले ५९ रनको योगदान दिए । यसैगरी स्टिभ स्मिथले ३८ रन जोड्दा राहुल त्रिपाठी ३४ रनमा अविजित रहे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।
बैंग्लोरका लागि पार्थिब पटेलले ६७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि अन्य ब्याट्सम्यानहरुले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।
गएरातीको जितसंगै राजस्थानले ४ खेलपछि पहिलो अंक जोडेको छ । छैटौं स्थानको राजस्थानको २ अंक छ ।
बैंग्लोरको भने यो लगातार चौंथो हार हो । चार खेलमा चार हार व्यहोरेको बैंग्लोर लिगको पुछारमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ