अग्र्यानिक खेतीतर्फ लाग्न प्रधानमन्त्रीकाे सुझाव, प्रत्येक जिल्लामा कृषिबजारको व्यवस्था गरिने

अग्र्यानिक खेतीतर्फ लाग्न प्रधानमन्त्रीकाे सुझाव, प्रत्येक जिल्लामा कृषिबजारको व्यवस्था गरिने

  • मङ्लबार, चैत्र १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

काठमाडौं, चैत १९ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषकलाई अर्गानिक खेती गर्न सुझाएका छन् । उनले देश हरेक दिन एक कदम अघि बढिरहेको र कृषि क्षेत्रमा पनि विकास जरुरी रहेको बताए ।
६२औं राष्ट्रिय सहकारी दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले कृषकहरुलाई अग्र्यानिक खेतीतर्फ लाग्न सुझाव दिदै अबको दुई वर्षभित्र देशका प्रत्येक जिल्लामा कृषिबजारको व्यवस्था गरिने बताए ।
उनले केहि बर्षमा तीव्र आर्थिक वृद्धि भएको देशकारुपमा नेपालको नाम लेखिने पनि बताए ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीहरु बजारकेन्द्रित भएकाले गाउँका कृषक लाभान्वित हुन नसकेको भन्दै सहकारीहरुलाई गाउँमा केन्द्रित हुन आग्रह गरिन् ।
सहकारीहरु धेरै भएकाले गाभेर पाँच वर्ष्भित्र सहकारीको संख्या आधा कम गर्ने योजना रहेको उनले बताइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी